संविधान दिवस २०७४ मनाउने सम्बन्धि जरुरी सूचना जिल्ला समन्वय समिति रसुवाको जरुरी सूचना जिल्ला दररेट आ.व. २०७४/०७५ रसुवा जिल्लामा नवगठित स्थानीय तहहरुको विवरण रसुवा जिल्लामा कार्यरत NGOs/INGOs को प्रगती तथा विवरण माग सम्बन्धमा जिल्ला समन्वय समिति रसुवाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भुकम्प पिडितहरुको NRA द्धारा फछ्यौट भएका रसुवा जिल्लाका गुनासोहरु आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि विषयगत समिति र एकिकृत समितिको बैठक सम्बन्धी सूचना जिल्ला विकास समिति रसुवाको कर÷राजश्व असुलीका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना गै.स.स हरुको विस्तृत विवरण को लागि फर्मेट

संविधान दिवस २०७४ मनाउने सम्बन्धि जरुरी सूचना

संविधान दिवस २०७४ तपशिलको कार्यक्रम गरी मनाईने भएको व्यहोरा जानकारी गराउँदै असोज ३ गते हुने प्रभातफेरी कार्यक्रममा उपस्थितीको लागि जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख, प्र.जि.अ., सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अध्यक्ष, जिल्लामा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथा पत्रकारहरु, गै.स.स. महासंघ लगायत बुद्धिजिवी, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारीहरु सबैमा उपस्थितीको लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ ।
कार्यक्रम
१. २०७४ असोज २ गते जिल्ला स्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा कर्मचारीहरुको उपस्थितीमा सरसफाई कार्यक्रम गर्ने ।
२. २०७४ असोज २,३ र ४ गते साँझ सबै सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरुमा दिपावली गर्ने ।
३. २०७४ असोज ३ गते विहान ८ः०० बजे धुन्चे गेटबाट सम्पूर्ण सरोकारवालाहरुको उपस्थितीमा प्रभातफेरी गर्दै जि.स.स. प्रांगणमा पुगी “नेपालको संविधानका अन्तरवस्तु विषयक अन्तरक्रिया कार्यक्रम” गर्ने ।
नोट ः कुनै सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले संविधान दिवस २०७४ को अवसरमा अन्य थप केही कार्यक्रम संचालन गर्न चाहेमा जिल्ला मुलसमारोह समितिमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ ।

कुल प्रसाद भट्ट
जि.स.स. प्रमुख तथा संविधान दिवस मुलसमारोह समिति
रसुवा

Skip to toolbar